Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

१३ करोड राजस्व छलेको आरोपमा दोङगहवा कन्ट्रक्सनलाई विभागले मुद्धा दायर गर्यो

१३ करोड राजस्व छलेको आरोपमा दोङगहवा कन्ट्रक्सनलाई विभागले मुद्धा दायर गर्यो

काठमाडौँ, २० कात्तिक । नेपाल दोङगहवा कन्ट्रक्सन इन्जिनियरिङ्ग कम्पनीलाई १३ करोड १३ लाख ११ हजार विगोको दोब्बरसम्म जरिवाना र ३ बर्ष कैदको माग सहित राजस्व अनुसन्धान विभागले काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । कम्पनीले बस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिबृद्धि कर विजक मात्र खरिद गरी राजस्व चुहावट गरेको विभागको आरोप छ ।

कम्पनीले अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा ३ ले तथा दफा ४ निषेधित गरेको मूल्य अभिबृद्धि कर तर्फ ४ करोड २१ लाख रुपैयाँ र आयकर तर्फ ७ करोड ७७ लाख रुपैयाँ लुकाई मुनाफा वितरण गर्दा लाग्ने लाभांश कर १ करोड १४ लाख रुपैयाँ समेत राजस्व चुहावट गरेको विभागले अनुसन्धानले देखाएको छ । विभागले कम्पनी सञ्चालक याङ लिन, शे श्याङजुन, वे देगुई र सुविन श्रेष्ठलाई कैद सजाय सहित मंगलबार मुद्धा दायर गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x