Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदार विस्तार गर्न परिसंघको आग्रह

अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदार विस्तार गर्न परिसंघको आग्रह

काठमाडौं, १९ कात्तिक । नेपालउद्योग परिसंघले अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि सहकार्य बढाउनु पर्नेमा सम्बन्धित देशमा कार्यभार सम्हालिरहेका नेपाली राजदूतहरुसँग आग्रह गरेको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल र स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासँग कार्यभार सम्हाल्न जानु अघि अन्तक्र्रिया गरी परिसंघले आर्थिक साझेदारीमा ध्यन दिन आग्रह गरेको हो ।

अन्तक्र्रियामा परिसंघका अध्यक्ष सतिशकुमार मोरले आर्थिक कुटनीतिलाई परिसंघले उच्च महत्वदिदैं आएको बताए । देशको आर्थिक विकासको मेरुदण्ड मानिने लगानी तथा पर्यटन प्रवद्र्धनका लागि आर्थिक कुटनीतिमा अव्बल रहनु पर्छ भन्ने मान्यता राख्दै सरोकारवालाहरुसँग परिसंघले निरन्तर संवाद तथा सहकार्य गरिरहेको अध्यक्ष मोरको भनाई थियो ।

त्यस्तै नेपाललाई अन्तर्राष्ट्रिय लगानी गन्तव्यका रूपमा स्थापित गर्ने तथा लगानीका प्रमुख क्षेत्रहरु पूर्वाधार, जलविद्युत, पर्यटन, आधुनिक कृषितथा सञ्चार प्रविधिलगायतका क्षेत्रमा लगानी तथा साझेदारी बढाउन सम्बन्धित देशको सरकार र लगानीकर्ताहरुसँग सम्बन्ध अझ विस्तार गर्न राजदुतावासहरुको थप सक्रियता आवश्यक रहेको भन्दै उनले नवनियुक्त राजदुतहरुलाई यस्तो भूमिका निर्वाह गर्नसमेत अनुरोध गरे ।

अष्ट्रेलियाका लागि नेपाली राजदुत दाहालले नेपाली वस्तुहरुको निर्यात बढाउन राजदुतावासमा नेपाली वस्तुहरुको जानकारी सहजै प्रदान गर्ने व्यवस्था मिलाउने विषयलाई पनि आफुले ध्यानमा राखेको बताए ।

त्यस्तै स्पेनका लागि नेपाली राजदुत शेर्पाले पनि स्पेनबाट नेपाल आउने पर्यटकको संख्या उल्लेख्य रहेको र यसलाई बढाउन थप पर्यटन प्रवद्र्धनका लागि साँस्कृतिक सम्बन्ध विस्तार गर्नेमा ध्यान दिने र यसमा परिसंघको सहकार्य महत्वपूर्ण रहेको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x