कात्तिक २२ र २३ गते ‘प्रथम मुलखर्क भीमसेनस्थान साँस्कृतिक महोत्सव–२०७६’ हुने

काठमाडौं, १९ कात्तिक । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न यही कात्तिक २२ र २३ गते ‘प्रथम मुलखर्क भीमसेनस्थान साँस्कृतिक महोत्सम–२०७६’ हुने भएको छ । काठमाडौंबाट ७० किलोमिटरको दुरीमा रहेको काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा उक्त साँस्कृतिक महोत्सव हुन लागेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

उक्त महोत्सवको उद्घाटन प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले गर्नेछन् ।

सहोत्सवले भीमसेनस्थान क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने आयोजकको विश्वास छ । भीमसेनस्थान क्षेत्रबाट सूर्योदय, सूर्यास्तको सुन्दर दृश्यसहित गणेश, जुगल, गौरीशंकर हिमालको रमणीय दुश्यवलोकन पनि गर्न सकिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *