आगामी शनिबार लक्ष्मी बैंकले खुल्ला गल्फ प्रतियोगिता गर्ने

काठमाडौं, १९ कात्तिक । लक्ष्मी बैंकले गोकर्ण गल्फ क्लबमा छैटौं “लक्ष्मी बैंक खुल्ला गल्फ २०१९” प्रतियोगिला आयोजना गर्ने भएको छ । बैंकले आगामी शनिबार कात्तिक २३ गते उक्त खुल्ला गल्फ प्रतियोगिता आयोजना गर्न लागेको हो । बैंकले यो प्रतियोगिता २०१४ देखि वार्षिक रुपमा निरन्तर गर्दै आएको छ ।

यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३/४ ह्यान्डिक्यापमा खेलिने छ । उक्त प्रतियोगितामा एक सयभन्दा बढी खेलाडीहरु सहभागी हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस खेलमा बयस्क पुरुष र महिला, ६० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिक र १७ वर्षभन्दा कम उमेर समूहमा उपाधि प्रदान गरिने जनाईएको छ ।

पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता, सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा प्रदान गरिनेछ । त्यस्तै यी बाहेक १० औं होलमा होल(इन(वन बनाउने खेलाडीहरुलाई ह्युन्डाई कोना गाडी प्रदान गरिने जनाइएको छ ।

हाल बैकले एक सय १६ शाखा कार्यालय, २ एक्सेन्शन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, एक सय ४० एटीएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *