Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजारमा गिरावट आएपनि कारोबार रकममा भने सुधार

सेयर बजारमा गिरावट आएपनि कारोबार रकममा भने  सुधार

काठमाडौं, १९ कात्तिक । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८१ अंकले गिरावट आई ११३९.४५ विन्दुमा रोकिएको हो ।

तर, हिजोको कारोबार रकमको तुलनामा आज ९ करोड रुपैयाँबढीको सुधार देखिएको छ । हिजो १९ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज २८ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको हो । आज एक सय ६२ कम्पनीको १० लाख ५८ हजार ८ सय ९६ कित्ता सेयर खरिद विक्री भएको छ ।

त्यस्तै आज सबैभन्दा बढी सेयर कारोबार प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको ३ करोड ९४ लाख रुपैयाँको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x