Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बंगलादेशी राष्ट्रपति मंगलबार आउँदै

बंगलादेशी राष्ट्रपति मंगलबार आउँदै

काठमाडौं, २४ कार्तिक । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने भ्रमणका लागि मंगलबार काठमाडौं आउँदैछन् । बंगलादेशका राष्ट्रप्रमुखबाट हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो । नेपालबाट पनि बंगलादेशमा ३० वर्षयता ठूलो भ्रमण भएको छ । जबकी काकडभिट्टाबाट बंगलाबन्ध (बंगलादेश) अत्यन्त छोटो दूरीमा पर्छ । स्वतन्त्रतापछि बंगलादेशलाई मान्यता दिने आठौँ मुलुक हो नेपाल।

नेपालले जनवरी १९७२ मा बंगलादेशलाई मान्यता दिएको थियो। बंगलादेश र नेपालबीच शुरुमै कुटनीतिक सम्बन्ध स्थापना भएपछि बंगलादेशका राष्ट्रप्रमुखले पहिलोपटक भ्रमण गर्न लागेका हुन् । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले सार्क शिखर सम्मेलन र विम्स्टेक शिखर सम्मेलनमा गरी दुईपटक नेपालको भ्रमण गरिसकेकी छिन् । तर औपचारिक रुपमा द्विपक्षीय भ्रमण हुन सकेको थिएन ।

नेपाल र बंगलादेशबीच सघन आर्थिक सामाजिक सम्बन्धका लागि भ्रमण फलदायी हुने बताइएको छ । आफ्नो भ्रमणका क्रममा हमिद पोखरा पनि जाने बताइएको छ । नेपाल, भारत र बंगलादेशबीच उर्जा व्यापारमा सहकार्य गर्ने सहमति भएको छ । बंगलादेशी राष्ट्रप्रमुखको भ्रमणले यसलाई थप गति दिने बुझिएको छ । त्यस्तै, व्यापारसम्बन्ध मजबुत गर्नका लागि पनि यो भ्रमण फलदायी हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x