Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विशेष साधरणसभा रद्द, ५ महिनापछि गोल्छा अध्यक्ष

विशेष साधरणसभा रद्द, ५ महिनापछि गोल्छा अध्यक्ष

काठमाडौं, २४ कार्तिक । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको स्थायी समितिको बैठक आज बोलाइएको छ । स्थायी समितिमा अध्यक्ष, उपाध्यक्ष तथा सबै समितिका सभापतिहरु रहन्छन् । विधान संशोधन कार्यदलको निर्णयमा छलफल गर्न बैठक बोलाइएको हो । महासंघले विधान संशोधनका लागि भन्दै कात्तिक २९ मा विशेष साधरणसभा बोलाएको थियो । तर विधान संशोधन कार्यदलभित्र अध्यक्षको निर्वाचन प्रणाली परिवर्तन गर्ने सम्बन्धमा मतैक्यता हुन नसकेपछि विशेष साधरणसभा नै रद्द हुने भएको हो ।
महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल नेतृत्वको विधान संशोधन कार्यदलमा उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सातै प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष र उपाध्यक्षहरु रहेका थिए । विधान संशोधन कार्यदलले विशेष साधरणसभा रद्द गर्ने प्रस्ताव गरेपछि आज औपचारिक रुपमा महासंघको विशेष साधरणसभा रद्द हुनेछ । महासंघको विधान संशोधनमार्फत् अध्यक्ष पदमा निर्वाचन नहुने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थापछि अहिले भवानी राणा अध्यक्ष छिन् । उनको कार्यकाल चैतमा सकिदैंछ । त्यही विधान अनुसार शेखर गोल्छा अहिले वरिष्ठ उपाध्यक्ष छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि उनले पाँच महिनापछि महासंघको नेतृत्व सम्हाल्दैछन् ।
गोल्छालाई अध्यक्ष हुनबाट रोक्न विधान संशोधनका लागि विशेष साधरणसभा बोलाइएको सन्देश बाहिर गएको थियो । यसले गर्दा महासंघ व्यावसायिकभन्दा पनि अतिराजनीतिकरण भएको संस्थाको रुपमा चिनिन थालेको थियो । उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चुनाव अघि अध्यक्षको निर्वाचन प्रणाली सम्बन्धि व्यवस्था परिवर्तन गर्दा यसले अतिराजनीतिकरण भई संस्था कमजोर हुने भएकाले यसलाई रोक्न आफूले पहल गरेको बताए । नेतृत्व चयन गर्ने आगामी साधरणसभामा ढकाल वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x