Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लिपुलेक-कालापानी फिर्ता गर्न सरकारले भारतसँग कुटनीतिक वार्ता गर्ने

लिपुलेक-कालापानी फिर्ता गर्न सरकारले भारतसँग कुटनीतिक वार्ता गर्ने

काठमाडौँ, २४ कात्तिक । लिपुलेकलाई फिर्ता गर्न भारतसँग सरकारले कूटनीतिक वार्ता गर्ने भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा लिपुलेक फिर्ता ल्याउन औपचारिक रुपमै सरकारले भारतसँग वार्ता गर्ने सहमति जुटेको हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार लिपुलेक र कालापानी फिर्ता गर्न सरकारले भारतसँग प्रभावकारी रुपमा कूटनीतिक वार्ता गर्नेछ ।

लिपुलेक र कालापानी क्षेत्र निर्विवाद नेपालको भूमि हो । यसका कुनै दुविधा छैन । बैठकमा सबै दलबाट अभूतपूर्व सहमति प्रकट भएपछि यसलाई नै आधार बनाएर सरकारले भारतसँग वार्ता गर्ने परराष्ट्र मन्त्री ज्ञवालीले बताए । भारतले आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानीसमेतलाई राखेको विषयमा सरकारले धारणा बनाउन सर्वदलीय बैठक डाकेको थियो। चार घन्टा लामो बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x