Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

अन्तः शुल्क स्टिकर छपाईको प्रक्रिया अगाडी बढाउँन लेखा समितिले लगायो रोक

अन्तः शुल्क स्टिकर छपाईको प्रक्रिया अगाडी बढाउँन लेखा समितिले लगायो रोक

काठमाडौँ, २४ कात्तिक । अन्तशुल्क स्टिकर छपाईबाट ठूलो रकम विदेशिने भएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छपाईका लागि बोलपत्र आवहन सम्बन्धी भएको निर्णय तत्कालिन अघि नबढाउँन सरकारलाई निर्देशन दिएको छ ।

सरकारको पछिल्लो निर्णय अनुसार अन्तशुल्क कार्यलयले अन्तशुल्क स्टिकर छपाईका लागि गरेको अन्तराष्ट्रिय बोलपत्रमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्न नपाउँने व्यवस्था गरेको छ । सो बिषयमा उजुरी परेपछि लेखा समितिले निर्णय कार्यन्वयन गर्न रोक लगाएको हो । यद्यपी समितिले एक बर्ष अघि नै नेपाली कम्पनीले भाग लिन सक्ने गरी आवश्यक कानून परिमार्जन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रालयले समितिको निर्देशनलाई बेवास्ता गरेको छ ।

स्टिर छपाईका लागि करिब ३ अर्ब रुपैयाँ बराबरको बोलपत्र आवहन गरिएको छ । आगामी पाँच बर्षका लागि नेपाली कम्पनी सहभागी हुन नपाउँने गरी बोलपत्र आवहन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *