सुनको भाउ ११ सय बढ्यो

काठमाडौं, २४ कात्तिक । स्थानीय बजारमा सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ११ सय रुपैयाँले बृद्धि भई प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबारको मूल्यभन्दा शुक्रबार सुन प्रतितोला ७ सय रुपैयाँ घटेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेको छ । हिजो ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *