सिद्धार्थ बैंकको नाफामा कमि

काठमाडौं, २४ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकले ५२ करोड १४ रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६९ प्रतिशत कम हो । गत आर्थिक वर्ष बैंकले ५२ करोड ५० लाख खुद नाफा गरेको थियो ।

त्यस्तै चालु वर्षको तीन महिनामा एक खर्ब १८ अर्ब ४० करोड निक्षेप संकलन गरि एक खर्ब ८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप ३.०३ प्रतिशत र कर्जा ३.६३ प्रतिशतले बृद्धि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *