ठगिको आरोप लागेका सुदूरपश्चिमका राज्यमन्त्री रावलले दिए राजीनामा

काठमाडौं, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।आर्थिक अनियमितताको आरोप लागेका राज्यमन्त्री रावलले आज राजीनामा दिएका हुन्।
उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगि तथा कीर्ते मुद्दा दायर हुनुका साथै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन पनि सुरु गरेको छ । आफूमाथि लगाउन खोजिएका आरोपको निष्पक्ष छानबिनको लागि राजीनामा दिएको बताएका छन् ।