Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उतार चढावकाबीच सेयर बजार घटेर बन्द

उतार चढावकाबीच सेयर बजार घटेर बन्द

काठमाडौं, २४ कात्तिक । साताको पहिलो कारोबार दिन आज सेयर बजार उतार चढावकाबीच झिनो अंकले घटेर बन्द भएको छ । आज बजार ०.१८ अंकले घटेर बन्द भएको छ।

कारोबारमा आएका मध्ये ६ समूहको उपसूचकमा गिरावट आएको छ भने ५ वटा समूहको उपसूचकमा सुधार आएको छ ।

फाइनान्स, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचकमा सुधार आएको छ भने बैंकिङ, होटल, विकास बैंक, हाइड्रोपावर, जिवन बीमा र म्यूचुअल फन्ड समूहको उपसूचकमा गिरावट आएको छ।

आज सेयर कारोबार भने एक सय ६३ कम्पनीको २९ करोड ३१ लाख ४९ हजार रुपैयाँको भएको छ । त्यसमा पनि सबैभन्दा धेरै कमाउनेमा एनएमबि बैंकका लगानीकर्ताहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x