डेपुटी गभर्नरको छानबिन समितिमै विवाद
काठमाडौं, ५ मंसिर । निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथिको आरोपमा छानबिन गर्न गठन भएको नेपाल राष्ट्र बैंकका सञ्चालकहरु संलग्न समितिमा विवाद भएको छ । विवादका कारण सञ्चालक समिति सदस्य रामजी रेग्मीले आफू उक्त समितिमा नबस्ने उद्घोष गरेका छन् । डेपुटी गर्नर श्रेष्ठलाई फर्जी बिल तयार गरेर नेपाल राष्ट्र बैंकबाट सुविधा लिएर नोक्सान पु¥याएको र सम्पत्ति शुद्धीकरणको सरकारको प्रयासलाई असहयोग गरेको आरोपमा छानबिनका लागि सरकारले आग्रह गरेको थियो ।
सरकारको आग्रहपछि नेपाल राष्ट्र बैंक सञ्चालक समितिले सञ्चालकहरुमध्येबाट श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुबोधकुमार कर्ण सम्मिलित तीन सदस्यीय समिति गठन गरेको छ । एक महिनाभित्र प्रतिवेदन सरकारलाई बुझाउने कार्यादेशसहित गठन भएको समितिमा विवाद उत्पन्न भएको छ । समितिका सदस्य रामजी रेग्मीले श्रेष्ठलाई सरकारले फसाउन खोजेको र समितिले त्यसैको मतियार भएर प्रतिवेदन तयार गर्न लागेको आरोप लगाउँदै आफू समितिबाट बाहिरिने बताएका हुने । छानबिन समिति गठन भएपछि डेपुटी गभर्नर श्रेष्ठ १८ कात्तिकमा निलम्बनमा परेका थिए ।