Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नीजि सवारी साधन भाडामा प्रयोग गर्न रोक

नीजि सवारी साधन भाडामा प्रयोग गर्न रोक

काठमाडौं ५ मंसिर । अब देखि नीजि सवारी साधन भाडाका लागि प्रयोग गर्न नपाईने भएको छ । यातायात व्यवस्था विभागले सुचना जारी गर्दै निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई भाडाका सवारीसाधनको रुपमा प्रयोग गरे कारबाही गर्ने बताएको छ ।

विभागले निजी सवारीसाधन सार्वजनिक यातायात सेवाको रुपमा प्रयोग र संचालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ। निजी प्रयोजनका लागि दर्ताको प्रमाणपत्र प्राप्त सवारीसाधनहरु भाडामा लिई यात्रु ओसारपसार भएको गुनासो प्राप्त हुन आएको जनाउँदै विभागले कानुन उल्लघंन गरेर भाडाका सवारीसाधनको रुपमा प्रयोग नगर्न विभागले आग्रह गरेको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा ुनिजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न नपाइने उल्लेख छ। दफा १२ मा ुकुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने कानुनी व्यवस्था समेत छ। यो सुचना टुटल र पठाओ लगायतलाई लक्षित गरिएको विभाग स्रोतले बताएको छ । यस अघि नै यातयात व्यवस्था विभाग र ट्राफिक प्रहरीले टुटल र पठाओले गैरकानुनी रुपमा यात्रुहरु वोकिरहेको भन्दै कारबाही गर्न सुरु गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x