Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मन्त्रीमण्डलमा नयाँ अनुहार

मन्त्रीमण्डलमा नयाँ अनुहार

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिमण्डल पुनर्गठन गरेकी छिन् । मन्त्रिमण्डलमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पद हेरफेर गरी उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाइएको छ । त्यस्तै, मन्त्रिमण्डलमा केही मन्त्रीहरुलाई नयाँ अनुहारले विस्थापित गरेका छन् । पुनर्गठीत मन्त्रिमण्डलमा हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको छ । रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । घनश्याम भूषाल कृषि मन्त्री, लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् ।

भौतिक पूर्वाधार तथा निर्माण मन्त्रीमा बसन्त नेम्बाङलाई ल्याइएको छ । पार्वत गुरुङ महिला, बालबालिक तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् । त्यस्तै, तीन जना राज्यमन्त्री पनि नयाँ थपिएका छन् । मोतीलाल दुगड, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका छन् । त्यस्तै, नवराज रावत स्वास्थ्य राज्यमन्त्री र रामबीर मानन्धरलाई सहरीविकास राज्यमन्त्री नियुक्त गरिएको छ । यसअघिका कानुन मन्त्री भानुभक्त ढकाल स्वास्थ्यमन्त्री र उपेन्द्र यादव कानुनमन्त्री बनाइएका हुन् । समाजवादी पार्टीले सरकार छाड्ने घोषणापछि प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई कानुन मन्त्री बनाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्गठीत मन्त्रिमण्डलका नयाँ सदस्यहरुलाई बिहीबार ११ बजेट शीतल निवासमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

को–को हटे ?
मन्त्रिमण्डल पुनर्गठन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरुलाई बिदाई गरेका छन् । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, श्रम मन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, उद्योगमन्त्री मातृका यादव, महिला, बालबालिका मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणी खनाललाई बिदाई गरिएको छ ।

 हटाइएका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा एमाले कोटामा मन्त्री बनेका थिए । त्यस्तै, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी पूर्वमाओवादी कोटामा मन्त्री भएका थिए । उनीहरूलाई कार्य सम्पादन मूल्यांकनका आधारमा हटाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

केपी ओली ३ फागुन ०७४ मा प्रधानमन्त्रीमा निर्वाचित भएपछि मन्त्रिपरिषद् विस्तार भएको यो आठौँपटक हो । ०७४ मा १४ फागुन र २ चैतमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । ०७५ मा १८ जेठ, १८ साउन, १६ फागुन र १५ साउनमा विस्तार गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x