Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

चालु वर्षको तीन महिना : बस्तु निर्यात १४ प्रतिशतले बढ्दा आयात १० प्रतिशतले घट्यो

चालु वर्षको तीन महिना : बस्तु निर्यात १४ प्रतिशतले बढ्दा आयात १० प्रतिशतले घट्यो

काठमाडौं, ५ मंसिर । चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो तीन महिनामा ३ खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँको बस्तु आयात भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षमा कुल वस्तु आयात १०.३ प्रतिशतले घटेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.२ प्रतिशत र १९.१ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ११.६ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन लगायतको आयात घटेको छ ।

त्यस्तै सो अवधिमा वस्तु निर्यात पनि १४.४ प्रतिशतले वृद्धि भएको छ । तीन महिनामा २७ अर्ब १७ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १६.१ प्रतिशतले वृद्धि भएको थियो ।

भारततर्फ निर्यात ३५.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १९.९ प्रतिशत र अन्य मुलुकतर्फ ११.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची,आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोशाक, ऊनी गलैचा, तार लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x