Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

धितोपत्र बोर्डको अध्यक्ष छान्ने प्रक्रिया सुरु

धितोपत्र बोर्डको अध्यक्ष छान्ने प्रक्रिया सुरु

काठमाडौं, ८ मंसिर । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष छनोटको लागि दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेका उम्मेदवारलाई १५ दिनभित्र समितिको सचिवालय अर्थ मन्त्रालयमा दरखास्त दिन आह्वान गरिएको हो । समितिले पहिलो पटक शुक्रबार सूचना जारी गरेको हो ।

सेबोनका निवर्तमान अध्यक्ष रेवतबहादुर कार्कीको कार्यकाल असोज मसान्तमा सकिएपछि रिक्त रहेको पदमा नयाँ अध्यक्ष छनोट गर्न लागिएको छ ।

नयाँ अध्यक्षका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रका कम्तीमा ७ वर्ष काम गरेका व्यक्ति योग्य हुनेछन् । त्यस्तै उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । अध्यक्षमा काम गर्न इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ ।

कुनै राजनीतिक दलको सदस्य नभएको, बोर्डलगायत सार्वजनिक निकायको कुनै ठेक्कापट्टामा सम्झौता गरी वा नगरी काम गरिरहेको, धितोपत्र वा वस्तु विनिमय बजारमा आफू वा आफ्नो परिवारको सदस्य संलग्न नभएको वा बजारसँग निजको स्वार्थ नरहेको पुष्टि गर्नुपर्नेछ । उम्मेदवारको योग्यता र कार्ययोजनाका आधारमा सम्भव भएसम्म पाँचजनालाई योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरिनेछ । पाँच वटाभन्दा कम आवेदन परे ती आवेदनलाई कायमै राखी पुनः आवेदन मागिने सूचनामा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *