Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्र बैंकले ५ अर्वको ट्रेजरी बिल जारी गर्दै

राष्ट्र बैंकले ५ अर्वको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं, ८ मंसिर । नेपाल राष्ट्र बैंकले ४ अर्ब ८ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले भोली ९१ दिन, १ सय ८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बिलको आज २ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल फागुनमा परिपक्व हुनेछ ।

१ सय ८२ दिनका लागि जारी गर्न लागेको २ अर्ब ४७ करोडको ट्रेजरी २०७७ जेठ १३ गते परिपक्क हुनेछ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने ११ करोड पैयाँको ट्रेजरी २०७७ मंसिर ९ गते परिपक्क हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x