Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दिगो विकास लक्ष्यबारे जानकारी दिन स्रोत केन्द्र स्थापना

दिगो विकास लक्ष्यबारे जानकारी दिन स्रोत केन्द्र स्थापना

काठमाडौं, ८ मंसिर । दिगो विकास स्रोत केन्द्र स्थापना गरिएको छ । दिगो विकास तथा सुशासन समितिले दिगो विकासका विश्वव्यापी १७ लक्ष्यको प्रगतिबारे जानकारी दिन दिगो विकास स्रोत केन्द्रको स्थापना गरेको जनाएको छ ।

युएनडीपीको आर्थिक सहयोगमा स्थापना गरिएको स्रोत केन्द्रको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरे । तिमल्सिनाले सूचना केन्द्र स्थापना भएपछि सबै जनतालाई सँगै हातेमालो गर्दै लान सहयोग पुग्ने विश्वास व्यक्त गरे । सबै एक जुट भएर लागिपर्ने हो भने दिगो विकासको लक्ष्य प्राप्त गर्न नेपाललाई सन् २०३० कुर्नु नपर्ने पनि उनले बताए ।

त्यस्तै समितिकी अध्यक्ष तारादेवि भट्टले यो केन्द्रले दिगो विकासका विश्वव्यापी १७ लक्ष्य हाँसिल गर्न सहयोग गर्ने र त्यसको लागि सबैले एक्यवद्धता जनाउँन पर्ने बताईन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x