Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजारमा ९ खर्ब गुम्यो , आर्थिक नोक्सानीले सामाजिक असर पार्दै

सेयर बजारमा ९ खर्ब गुम्यो , आर्थिक नोक्सानीले सामाजिक असर पार्दै

काठमाडौं, ८ मंसिर । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार १०.५४ अंकले घटेर १,११०.०८ विन्दुमा बन्द भएको छ ।

कारोबारमा आएका मध्ये सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै नीर्जिवन बीमा समूहको उपसूचक ५७.१५ अंकले घटेको छ । त्यस्तै जिवन बीमा समूहको उपसूचक पनि ४८.०८ अंकले घटेको छ ।

आज सेयर कारोबार पनि राम्रो भएन । १ सय ६२ कम्पनीको २८ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको छ ।

बजार घटेको आजको दिन एनएमबि बैंकको सेयरमा लगानीकर्ताहरुको केही आकर्षण देखिएको छ । एनएमबि बैंकको २ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बंैकको सेयर कारोबार आज सबैभन्दा धेरे भएको हो ।

यो के भइरहेको छ ?
विगत दुई वर्ष देखि बजारमा निरन्तर गिरावट आइरहेको छ । त्यसले खबौं रुपैयाँको पूँजीकरणमा ह्रास ल्याएको बताइन्छ ।

अहिले कुल बजार पूँजीकरण १३ खर्ब रुपैयाँ छ। तर बजारमा निरन्तर गिरावट आउदा ९ खर्ब रुपैयाँ नोक्सानी भएको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए ।

त्यस्तै सेयर लगानीकर्ताहरुको संख्या १८ लाख छन् । ती मध्ये अधिकांश साना लगानीकर्ताहरु छन् । बजार निरन्तर घट्दा यस्ता लगानीकर्ताहरु अत्यन्त निराश अवस्थामा पुगेको अर्यालले बताए ।

‘नोक्सानीका कारण लगानीकर्ताको स्थिति एकदमै भयावह भइसकेको छ।’ उनले भने, ‘आर्थिक नोक्सानीले अब सामाजिक असर पार्न थालिसक्यो। घरपरिवारमा कलह, अनि साथीभाइ माझ लेनदेनको मनमुटाव भएको छ । ’

पुँजीबजारप्रति सरकारको नकारात्मक दृष्टिकोण कायम रहिरहे बजार अझै तल झर्ने उनको अनुमान छ । बजारको यस्तो अवस्था हुदाँ पनि सरकारले लगानीकर्तालाई वाइपास गरेर हिडेकोमा उनले गुनासो गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x