Shangrila

बैंकर श्रेष्ठ र बोहरालाई धरौटीमा रिहा गर्न सर्वाेच्चको आदेश

काठमाडौं, ८ मंसिर । सर्वोच्च अदालतले बैंकर अजय श्रेष्ठ र किरण कुमार बोहरालाई एक–एक करोड रुपैयाँ धरोटी रिहा गर्न निर्देशन दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो निर्देशन दिएको हो ।

श्रेष्ठ बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत रहदा खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा प्रहरीले गत दशैं अघि पक्राउ गरेको थियो । उच्च अदालत पाटनको निर्देशन पछि प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको थियो ।

उच्च अदालतको उक्त निर्देशन विरुद्ध श्रेष्ठ सर्वोच्च गराएका थिए ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *