क्यान महासंघमा कुँवर विजयी

काठमाडौं, ८ मंसिर । । कम्प्यूटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ)को नयाँ नेतृत्वको लागि शनिवार भएको निर्वाचनमा अध्यक्ष पदमा नवराज कुँवरले जित हासिल गरेका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी सुनैना घिमिरे पाण्डेको विरुद्धमा ६ प्रतिशतभन्दा बढि मत ल्याएर बिजयी भएका हुन् । कुँवरले समग्रमा करिब ५६ प्रतिशत र पाण्डेले करिब ४४ प्रतिशत भोट पाएका छन् ।
पुख्र्यौली घर बुटवल भएका कुँवर यसअघि वरिष्ठ उपाध्यक्ष थिए । उनीसँग सुनैना घिमिरे पाण्डेय प्रतिस्पर्धामा थिइन् । अध्यक्ष पदका दुवै प्रत्यासी प्यानलसहित निर्वाचनमा थिए । कार्यसमितीमा कुँवर प्यानलबाट २१ र निर्वा्चित भएका छन भने पाण्डेयको प्यानलबाट १८ जना निर्वाचित भएका छन् ।

नव निर्वाचत अध्यक्षले आगामी २ वर्षको लागि क्यानको नयाँ नेतृत्व गर्नेछन् । क्यान महासंघको कुल ४३ जनाको कार्यसमिति मध्ये अध्यक्ष र ३८ जना सदस्यहरुको प्रत्यक्ष निर्वाचन हुने गर्दछ । जसमध्ये १४ जना प्रदेशहरुबाट, व्यक्तिगत समूहको १० मध्ये व्यक्तिगत साधारणबाट ७, व्यक्तिगत आजिवन सदस्यहरुबाट ३ जना हुनेछ भने संस्थागत समूहतर्फ १० जनामध्ये संस्थागत साधारण सदस्यबाट ७ जना र संस्थागत आजिवन सदस्यबाट ३ जना आउने छन् । विषयगत समूहबाट ४ जना हुनेछ भने लेखासमिति सदस्यमा ३ जना निर्वा्चित हुन्छन् ।

निर्वाचन अघि नै कुँवर पक्षबाट १४ जना र पाण्डे पक्षबाट ४ जना निर्विरोध निर्वा्चित भईसकेका छन् ।
क्यान महासंघमा संस्थागत, व्यक्तिगत, संस्थागत आजिवन, व्यक्तिगत आजिवन र प्रदेश स्तरिय मतदाताहरुले आफ्नो आफ्नो विधाका उम्मेदवारहरुलाई मतदान गरेका थिए ।
महासंघमा व्यक्तिगततर्फ ५३६ जना, व्यक्तिगत आजिवनतर्फ ६९, संस्थागत तर्फ १८५ जना, संस्थागत आजिवनतर्फ ३४ र क्षेत्रगत सदस्यहरु १० र जिल्ला तथा प्रदेशतर्फ ३४९ जना मतदाता रहेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *