Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

उद्योग र उद्यमशीलताको विकासबाट नै मुलुकको समृद्धि सम्भव छ : मन्त्री गुरुङ

उद्योग र उद्यमशीलताको विकासबाट नै मुलुकको समृद्धि सम्भव छ : मन्त्री गुरुङ

काठमाडौं, ११ मंसिर । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास नै मुलुकको समृद्धिको आधार भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमै छलफल गर्दै उनले सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको सपना साकार पार्नका लागि मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकास अपरिहार्य भएको बताएका हुन् ।

स्थानीयस्तरमा आफनै कच्चा पदार्थबाट उत्पादित यस्ता उद्योग र तिनका उत्पादनको प्रवद्र्घन र बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने भन्दै मन्त्री गुरुङले यस्ता उद्योगहरुको संरक्षण र प्रवद्र्घनका लागि आफनो मन्त्रालयले अन्य मन्त्रालय र सरकारसँग छलफल गर्ने प्रतिवद्घता व्यक्त गरे ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकलाई तीब्रत्तर आर्थिक बृद्घिमा लैजानका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै बेलैमा यस्ता उद्योगहरुको विकास र प्रवद्र्घन गर्न नसकिए केही वर्षपछि आफै बन्द हुने उनको भनाई थियो । सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै उनले अहिले सञ्चालित हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योग धन्दाहरुको क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x