भारतीय महिला संघद्वारा पशुपति विकास कोषलाई २ विद्युतीय सवारी साधन हस्तान्तरण

काठमाडौं, ११ मंसिर । भारतीय महिला संघले पशुपति क्षेत्र विकास कोषलाई २ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेको छ । उक्त सवारी साधन भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरेकी हुन् ।

वातावरण मैत्री सवारी साधनको उत्पादन भारतीय कम्पनी गयाम मोटर वकर््सले गरेको जनाइएको छ । वातावरण मैत्री सवारी साधन पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने महिला, बालबालिका, वृद्धवृद्धा, अशक्त र तीर्थयात्रीहरुलाई उपयोगी हुने पुरीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *