बजार बढेसँगै उत्साही हुँदै सेयर लगानीकर्ता आज ७६ करोड बढीको कारोबार
काठमाडौं, २६ मंसिर । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) पनि सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ११.१७ अंकले बढेर ११७२.६४ को विन्दुमा बन्द भएको छ ।
यो एक सातामा सेयर बजारमा निन्तर सुधार हुँदा नेप्से परिसूचक ४०.८३ अंकले माथि चढेको छ । गत बिहीबार नेप्से परिसूचक ११३१.९२ को विन्दुमा थियो भने आजसम्म आइपुग्दा बढेर ११७२.७५ को विन्दुमा चढेको छ ।
आज कारोबारमा आएका मध्ये व्यापार, होटल, उत्पादन तथा प्रशोधन,माइक्रोफाइनान्स र अन्य समूहको उपसूचकमा गिरावट आएको छ भने अरु बाँकी सबै समूहका उपसूचकमा सुधार छ ।
बजारमा सुधार आएकसँगै कारोबार रकम पनि क्रमश बढ्दै गएको छ । आज एक सय ६८ कम्पनीको ७६ करोड ४० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । आज लगानीकर्ताको आकर्षण स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाको प्रमोटर सेयरमा परेको छ । उक्त कम्पनीको ८ करोड भन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।