औषधि लिमिटेडले थप ६ प्रकारका औषधि थप उत्पादन गर्दै
काठमाडौं, २६ मंसिर । नेपाल औषधि लिमिटेडले थप ६ प्रकारका औषधिहरु उत्पादन गर्ने भएको छ । लिमिटेडले जुका र झाडापखलाको अल्बेन्डा झोल, ब्लडप्रेसर, पेटदुखाईको दुई प्रकारका एम–गिट् र भिटामिन बी–कम्प्लेक्स उत्पादन गर्ने भएको हो ।
उक्त औषधिहरु अनुसन्धानको चरणमा रहेको औषधि लिमिटेडका महाप्रवन्धक विजय श्रीरत्न बज्रचार्यले जानकारी दिए । केही समयमा नै अनुसन्धानको काम सम्पन्न गर्नुका साथै अनुमति प्राप्त गरेर उत्पादनको प्रक्रिया अगाडी बढाईने उनले जानकारी दिए ।
८ वर्ष पछि पुनर्जन्म पाएको औषधि लिमिटेडले हाल ६ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । औषधि लिमिटेडद्वारा उत्पादित सादा जीवनजल, ओरेन्ज फ्लेबरको जीवनजल, सिटामोल, ग्लीसिरिन, सिटा प्लस बजारमा उपलब्ध छन् ।
वि.सं. २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएपी) अनिवार्य गरेपछि यो उद्योग बन्द भएको थियो । वि.सं. २०७३ असोज २ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले औषधि लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । नेपाल औषधि लिमिटेडले बन्द हुनभन्दा अघि एक सय २० प्रकारका औषधि उत्पादन गथ्र्यो ।