आइएमई जनरल इन्स्योरेन्सलाई ‘एसियन मष्ट ट्रष्ट कम्पनी अवार्ड’

काठमाडौं, २६ मंसिर । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ‘एसियन मष्ट ट्रष्ट कम्पनी अवार्ड–२०१९’ प्राप्त गरेको छ । कम्पनीले अमेरिकी संस्था इन्टरनेशनल ब्रान्ड कल्टल्टिङ को–अपरेशनले उक्त अवार्ड प्रदान गरेको हो ।

थाइल्याण्डको बैंककमा आयोजित एक समारोहमा कम्पनीका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादेले संयुक्तरुपमा उक्त अवार्ड ग्रहण गरे ।

सो अवसरमा अध्यक्ष ढकालले अवार्ड प्रदान गरेकोमा धन्यवाद दिदै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *