Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

चालु वर्षमा ६.४ प्रतिशत आर्थिक बृद्धि हासिल हुने विश्व बैंकको प्रक्षेपण, अर्थमन्त्री भने सन्तुष्ट

चालु वर्षमा ६.४ प्रतिशत आर्थिक बृद्धि हासिल हुने विश्व बैंकको प्रक्षेपण, अर्थमन्त्री भने सन्तुष्ट

काठमाडौं, २६ मंसिर । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले बिहीबार नेपाल डेभलपमेन्ट अपडेट मार्फत यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।

सरकारले भने चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

विश्व बैंकले आगामी आर्थिक वर्ष समेत ६.५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

गत वर्ष नेपालले ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो ।

विश्व बैंकको उक्त प्रक्षेपणबाट अर्थमन्त्री डा. युवराज खतिवडाले असहमति जनाए । अपडेट सार्वजनिक गर्दै उनले चालु आर्थिक वर्षमा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा हुने भन्दै आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गर्नुपर्ने कुनै कारण नभएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x