Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

उर्जा बचत गर्ने उपकरण जडान गरेका ५ कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम प्रदान

उर्जा बचत गर्ने उपकरण जडान गरेका ५ कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम प्रदान

काठमाडौं, ४ पुस । राष्ट्रिय वाणिज्य बैंकले उर्जाको बचत गर्ने गरि उपकरण जडान गरेका विभिन्न ५ कम्पनीलाई अनुदान प्रदान गरेको छ ।

जर्मन सरकारको सहयोगमा संचालित नेपाल प्रर्याप्त उर्जा कार्यक्रमको अनुदान अन्र्तगत बैंकले बिहिबार नेपाल सालिमार सिमेन्टलाई एक करोड रुपैयाँ, नेपाल डेरीलाई १८ लाख ५ सय ६८ रुपैयाँ , पन्चकन्या स्टिल प्रा.लि. लाई १३ लाख ९९ हजार १ सय रुपैयाँ, प्रिमियर वायर्स प्रा.लि. लाई ५ लाख ५० हजार ८ सय रुपैयाँ र बागमती आयल इन्डष्ट्रिजलाई १ लाख ६५ हजार ९ सय रुपैयाँ अनुदान रकम प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले ति कम्पनीका प्रमुख एवं प्रतिनिधिहरुलाई चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई पनि उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने यन्त्र,उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x