Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

सन्राइज बैंकको १२९ औं शाखा फुङलिङमा

सन्राइज बैंकको १२९ औं शाखा फुङलिङमा

काठमाडौं, १० पुस । सन्राइज बैंकले ताप्लेजुङस्थित फुङलिङमा १२९ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन माफुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा गरेका हुन् ।

सोही कार्यक्रममा मेयर प्याकुरेलले बैंकिङ्ग प्रणाली सबैको पहुँचमा पु¥याउन बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । साथै कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको भएपनि आर्थिक विकासलाई अभैm प्रभावकारी बनाउन बैंकिङ्ग क्षेत्रले लगानी बढाउँन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

हाल बैंकले यो शाखासहित एक सय २९ वटा शाखा कार्यालय, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र एक सय ४९ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x