Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

भुकम्प पछिको पुनर्निर्माणले जिडिपिको बृद्धिदरमा ४.५ प्रतिशत योगदान

भुकम्प पछिको पुनर्निर्माणले जिडिपिको बृद्धिदरमा ४.५ प्रतिशत योगदान

काठमाडौं, १० पुस । भूकम्पपछिको पुनर्निर्माणले नेपालको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर औषतमा ४ दशमलव ५ प्रतिशत योगदान दिएको देखाएको छ । आथिक पत्रकार समाजले बुधबार सर्वाजनिक गरेको एक अध्ययनले यस्तो तथ्यांक देखाएको हो ।

अध्ययन अनुसार भूकम्पपछि नेपालम भएको पुनर्निर्माणले साढे २५ करोड कार्यदिन बराबरको रोजगारी सिर्जना भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा १४ लाख २० हजार मानिसले रोजगारी पाएको देखाएको हो।

त्यस्तै, प्रतिवेदनअनुसार अहिले पनि साढे ५ लाख जनशक्ति आवास पुर्ननिर्माणको काममा संलग्न रहेको देखाएको छ। यसले १० करोड कार्यदिन बराबरको रोजगारी सिर्जना भएको छ । कूल जनसंख्याको १४ प्रतिशत र कूल पुरुष जनसंख्याको २० प्रतिशत जनशक्ति अहिले पनि पूर्ननिर्माणको क्षेत्रमा कार्यरत रहेका छन्। प्रतिवेदन अनुसार भूकम्पले क्षति पुर्‍याएका ६१ प्रतिशत नीजि घरहरुको पूर्ननिर्माण सम्पन्न भएको छ। सरकारी भवन र विद्यालयतर्फ ७० प्रतिशत काम सकिएको छ। प्रतिवेदनले स्वास्थ्य संस्था, सुरक्षा निकाय भवन र सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा ध्यान दिन सुझाव दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x