Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

निगमले ५७ लाख १० हजार अमेरिकी डलरमा बोइङ बिक्री गर्ने

निगमले ५७ लाख १० हजार अमेरिकी डलरमा बोइङ बिक्री गर्ने

काठमाडौं, १० पुस । नेपाल वायु सेवा निगमले बोइङ ५७ लाख १० हजार अमेरिकी डलरमा बिक्री गर्ने भएको छ । निगमले ३२ वर्षे पुरानो नाइन एन एसिबी बोइङ बिक्री गर्न लागेको हो । जहाज खरिदका लागि दुई वटा अमेरिकी कम्पनी र एउटा पोल्यान्डको कम्पनीले गरी ३ वटा कम्पनीले आवेदन दिएका थिए। आवेदन दिएका कम्पनीमध्ये अधिकम मूल्यको कबुल गर्ने कम्पनीलाई जहाज बिक्री गरिने छ ।

विमान सन् २०२० को फेब्रुअरीसम्म मात्रै उड्न सक्ने लाइफ भएकाले छिटो बिक्री गर्नुपर्ने दबाबमा निगमले नेगोसिएसनमा बिक्री गर्ने भएको हो। निगमले असार ११ गते पहिलो पटक ४५ दिनको समयसीमा राखेर बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर गरेको थियो। पहिलो पटकको टेन्डर निगमले राखेको न्यूनतम मूल्यका विमान खरिदका लागि आवेदन नपरेपछि पुनः दोस्रो पटक समय थप गरेको थियो।

पहिलो पटक निमगले ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेको थियो। टेन्डरमा दुई वटा कम्पनीको आवेदन परे पनि आधार मूल्यभन्दा कम थियो। दोस्रो पटक भने कुनै पनि कम्पनीको आवदेन नदिएपछि लिलामीका लागि १५ दिनको समयसीमा निर्धारण गरी लिलामीका लागि सूचना जारी गरेको थियो। १५ दिने सूचनामा अमेरिकी कम्पनी एभियोन र एमके एभिएसन रहेको थिए। यसैगरी पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनी रहेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x