Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

काठमाडौंका ३७ सामुदायिक क्याम्पसमध्ये जनमैत्रीको शैक्षिक गुणस्तर अब्बल

काठमाडौंका ३७ सामुदायिक क्याम्पसमध्ये जनमैत्रीको शैक्षिक गुणस्तर अब्बल

काठमाडौं, ९ पुस । काठमाडौं जिल्लामा भएका ३७ वटा सामुदायिक क्याम्पसमध्ये शैक्षिक गुणस्तरमा जनमैत्री बहुमुखी क्याम्पस अब्बल ठहरिएको छ । क्याम्पसलाई शैक्षिक गुणस्तरमा अब्बल ठहर गर्दै विश्वविद्यालय अनुदान आयोग (युजीसी)ले शैक्षिक गुणस्तर सुनिश्चितता (क्यूएए)को प्रमाणपत्र प्रदान गरेको हो । यो प्रमाणपत्र प्राप्त गरेसँगै क्याम्पसको शैक्षिक गुणस्तरयता टिकाएर राख्न जिम्मेवारी थपिएको क्याम्पस प्रमुख भोलानाथ ओझाले जानकारी दिए । बुधबार काठमाडौंमा क्यूएए प्रमाणपत्र प्राप्तिबारे जानकरी दिन आयोजित पत्रकार सम्मेलनमा ओझाले शिक्षक, विद्यार्थी र व्यवस्थापन टिमको अथक प्रयासले क्याम्पस सफल भएको बताए ।

आगामी दिनमा क्याम्पसले आफ्नै पाठ्यक्रम तयार गरी व्यवसायिक शिक्षालाई प्राथमिकता दिने उनको भनाई छ । ओझाका अनुसार जनमैत्रीमा अध्ययन गर्न आउने विद्यार्थीले रकम अभावकै कारण पढाइ छाड्न पर्दैन । विद्यार्थीको आर्थिक अवस्थालाई ख्याल गरेर क्याम्पसले रोजगारी पश्चात रकम बुझाउन पाउँने योजना पनि ल्याएको छ । यो योजनाअन्तर्गत हाल क्याम्पसमा एक जना विद्यार्थीले अध्ययन गरिरहेको पनि ओझाले जानकारी दिए । अबको शिक्षा ज्ञान आर्जन गर्नुमात्र नभएको र दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने भएकोले त्यसै अनुरुप क्याम्पसले काम गरिरहेको उनको भनाई छ ।

त्यस्तै सम्मेलनमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. डिल्लिराज खनालले क्यूएए प्रमाणपत्र प्राप्तले काठमाडौंका व्यपारिक निजी कलेजभन्दा पब्लिक क्याम्पसले उत्कृष्ट शिक्षा दिन सक्षम छन् भन्ने उदाहरण जनमैत्रीले दिएको बताए । उनले विद्यार्थीलाई जिविकोपार्जन गर्न सक्ने बनाउँनु क्याम्पसको उद्देश्य रहेकोले स्वही अनुरपका योजना ल्याएर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

२०४७ सालमा स्थापना भएको क्यम्पसमा हाल शिक्षा, व्यवस्थापन र मानविकी संकायमा पठनपाठन हुँदै आएको छ । यी तीन संकायअन्तर्गत आईसीटी, पत्रकारिता, बीएएसडब्लुलगायतका विषय रहेका छन् ।

यो वर्ष ४ वटा सामुदायिक क्याम्पसले क्यूएए प्रमाणपत्र प्राप्त गरेका हुन् । क्यूएए प्राप्त गर्नेमा काठमाडौंको जममैत्रीसहित, ललितपुरको जन भावना क्याम्पस, काभ्रेको काभ्रे बहुमुखी क्याम्पस र कञ्चनपुरको विद्या मन्दिर सामुदायिक कलेज रहेका छन् । हालसम्म ४० वटा सामुदायिक कलेजले क्यूएए प्रमाणपत्र प्राप्त गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x