हिमालयन बैंकको शाखा सिन्धुलीको खुर्कोटमा

काठमाडौं, ९ पुस । हिमालयन बैंक लिमिटेडले सिन्धुलीको खुर्कोटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुलीको खुर्काेट,गोलान्जोर—७, साझा चोकमा बुधबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् ।

यो शाखा विस्तार भएसँगै उत्पादनशील व्यवसायमा संलग्न स्थानीयहरुलाई थप सहयोग पुग्ने विश्वास बैंकको छ ।

हाल बैंकले यो शाखा कार्यालयसहित ६६ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *