लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ साझेदार

काठमाडौं, ९ पुस । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई पे र लुम्बिनी विकास बैंकले बैंकिङ्ग साझेदारी गर्ने भएका छन् । आइएमई पेका तर्फबाट संचालक खिलेन्द्र पौडेल र लुम्बिनी विकासका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै लुम्बिनी विकास बैंक आइएमई पेको बैंकिङ्ग साझेदार संस्था भएको छ । लुम्बिनी विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमईमा रकमान्तर गर्न र ‘आइएमई पे’ मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्ने छन् ।

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *