Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भ्रमण वर्ष उद्घाटनको तयारी अन्तिम चरणमा

भ्रमण वर्ष उद्घाटनको तयारी अन्तिम चरणमा

काठमाडौं, ९ पुस । भ्रमण वर्ष २०२० को उद्घाटन तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले उद्घाटनलाई भब्य बनाउने गरि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सो कार्यक्रमका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। दशरथ रंगाशालामा राष्ट्रपति विद्यादेवि भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्ने छिन् । यसका साथै सातै वटा प्रदेशले छुट्टाछुट्टै कार्यक्रम समेत आयोजना गर्ने जनाइएको छ ।

उद्घाटन समारोहमा सहभागी हुन विभिन्न ४० मुलुकका पर्यटनमन्त्रीलाई निम्तो पठाएको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x