Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बुधबार सेयर कारोबारमा देखिएन उत्साह

बुधबार सेयर कारोबारमा देखिएन उत्साह

काठमाडौं, ९ पुस । बुधबार उतार चढावकाबीच सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । बजार १.८२ अंकले बढेर ११६८.०३ विन्दुमा रोकिएको छ ।

बुधबार कारोबारमा आएका मध्ये व्यापार, उर्जा, फाइनान्स र माइक्रोफाइनान्स समूहको उपसूचकमा गिरावट आए पनि बैंकिङ, होटल, विकास बैंक, जीवन बीमा र निर्जीवन बीमा उत्पादन तथा प्रशोधन, म्यूचुअल फन्ड र अन्य समूहको उपसूचकमा भने सुधार देखिएको छ ।

कारोबार भने १ सय ७५ कम्पनीको ५३ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । मंगलबारको तुलनामा कारोबार रकम १९ करोड कम हो ।

बजार बढेको दिन सानिमा बैंकको डिबेन्चरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । ४ करोड ८१ लाख रुपैयाँ बराबरको डिबेन्चर किनबेच भएको छ। नेपालको बैंकको पनि ४ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

त्यस्तै सो दिन सबैभन्दा बढी कमाउनेमा क्रमश ः नेपाल सेवा लघुवित्त वित्तीय संस्था, कञ्चन डेभलपमेन्ट बैंक रहेका छन् । गुमाउनेमा नेपाल फाइनान्स, समृद्धि फाइनान्सका लगानीकर्ताहरु छन् । नेपालको सेवाको सेयर मूल्य ९.८९ र कञ्चन डेभलपमेन्ट बैंकको ९.७१ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको ९.९३ प्रतिशत र समृद्धि फाइनान्सको ७.४० प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x