Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दुई महिनामा एक अर्वभन्दा बढीको हस्तकलाका सामाग्री निर्यात

दुई महिनामा एक अर्वभन्दा बढीको हस्तकलाका सामाग्री निर्यात

काठमाडौं, ९ पुस । चालु आर्थिक वर्ष २०७६÷७७ को दुई महिनामा एक अर्व १२ करोड ५४ लाख रुपैयाँ बराबरको नेपाली हस्तकलाका सामाग्री निर्यात भएको छ । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा चीन, भारत, अमेरिका, जापानलगायत मुलुकमा सो रकम बराबरको नेपाली हस्तकलाका सामाग्री निर्यात भएको हो ।

नेपाल हस्तकला महासंघका अनुसार सो अवधिमा सबैभन्दा बढी फेल्टका सामाग्री निर्यात भएका छन् । साउन र भदौ महिनामा ४७ करोड ७६ लाख रुपैयाँभन्दा बढीको फेल्टका सामाग्री निर्यात भएको छ । महासंघका अनुसार सो अवधिमा सबैभन्दा बढी निर्यात हुने दोस्रो र तेस्रोमा मेटल क्राफ्ट र उलनका सामाग्री रहेका छन् । मेटल क्राफ्टका सामाग्री २२ करोड ८८ लाख रुपैयाँभन्दा बढीको निर्यात भएको छ भने उलनका सामाग्री १३ करोड ९२ लाख रुपैयाँभन्दा बढीको निर्यात भएको छ ।

गत आव २०७५÷७६ मा कुल ५ अर्व ३७ करोड ८९ लाख रुपैयाँको नेपाली हस्तकलाका सामाग्री निर्यात भएको थियो । त्यस्तै अघिल्लो आव २०७४÷७५ मा ५ अर्व २१ करोड २० लाख रुपैयाँको मात्र निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा नेपाली हस्तकलाका सामाग्री निर्यातमा १६ करोड रुपैयाँ वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x