Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

संसदको हिउँदे अधिवेशनबाट आर्थिक क्षेत्र सम्बन्धि दर्जनौ ऐन पास हुँदै

संसदको हिउँदे अधिवेशनबाट आर्थिक क्षेत्र सम्बन्धि दर्जनौ ऐन पास हुँदै

काठमाडौं, ११ पुस । संघीय संसदको जारी हिउँदे अधिवेशनमा आर्थिक क्षेत्रसँग सम्बन्धित दर्जनौ ऐनहरु पेश हुँदैछ । कतिपय संसदमा पेश भइसकेका छन् भने केही निर्माणको क्रममा छन् ।

संसदको वर्षे अधिवेशनमा बजेट सम्बन्धि कानुनहरु पास गर्नु परेकाले यसअघि पेश भएका ऐनहरु माथि छलफल नै सुरु हुन पाएको छैन । अमेरिकी सहायतासँग सम्बन्धि मिलिनियम च्यालेन्ज सम्झौता, ठुला पूर्वाधार आयोजना सम्बन्धित ऐन, बीमा ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धित ऐनको संशोधन र राष्ट्र बैंक ऐन संशोधनका लागि संसदमा पेश भइसकेको छ । ति ऐनहरु छलफल सहित संसदबाट पास हुन बाँकी छ ।

यसका साथै बहुचर्चित सार्वजनिक खरिद ऐन पनि यही अधिवेशनमा संसदमा पेश गर्ने अर्थमन्त्रालयको तयारी छ । यस्तै, आर्थिक क्षेत्रसम्बन्धित अन्य दर्जनौ ऐनहरु निर्माण एवं संशोधनको तयारी भइरहेको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

त्यसले मुलुकको विकास निर्माणलाई तीब्र बनाउनुका साथै आर्थिक क्षेत्रलाई थप प्रतिस्पर्धी र पारदर्शी बनाउने विश्वास मन्त्री खतिवडाको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *