Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

आज देखि सबै खालका होर्डिङ बोर्ड हटाईने

आज देखि सबै खालका होर्डिङ बोर्ड हटाईने

काठमाडौं, ११ पुस । आज देखि सबै खालका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामाग्री हटाईने भएको छ । बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापासहित सरोकारवाला निकायहरुसँग बसेको बैठकले बोर्डहरु हटाउँने निर्णय गरेको हो । उपत्यकाका लगायत देशभरका शहरमा राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामाग्री सरकारले हटाईने भएको छ ।

बैठकले काठमाडौं महानगरपालिकाभित्र तत्काल शुक्रबार देखि नै चार वटा समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने निर्णय गरेको हो । उपत्यकाबाहेकका अन्य स्थानिय तहमा भने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत कारवाही अघि बढाउने निर्णय भएको छ । अव्यवस्थितरुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेटका तारहरु हटाउन पनि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र हटाउँनु पर्नेछ । अन्यथा सरकार आफैले हटाउनेछ । सर्वोच्च अदालतले समेत यस बिषयमा आदेश दिएकोले सरकारले त्यसलाई कार्यन्वयन गर्न प्रतिवद्ध रहेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x