Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्व ४० करोड निक्षेप जम्मा गर्ने

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्व ४० करोड निक्षेप जम्मा गर्ने

काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त रकम एक वर्षे मुद्दती निक्षेपमा आउँदो माघ १ देखि अर्को वर्षको पुस २९ गतेसम्मका लागि लगानी गर्न लागेको हो ।

वाणिज्य बैंकहरूमा १ अर्ब १२ करोड, राष्ट्रियस्तरका विकास बैंकमा २१ करोड र वित्त कम्पनीहरु ७ करोड रुपैयाँ लगानी गर्ने बैंकले जनाएको छ। निक्षेपको रूपमा रकम लिन चाहने बैंकले राष्ट्र बैंकले तोकेको शर्त पूरा गरी आवश्यक रकम र प्रस्तावित ब्याजदर समेत खुलाएर पुस १६ गते दिउँसो ३ बजेभित्र निवेदन पेश गरिसक्नु पर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x