Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ठमेल सुधारको काम : तार र साइनबोर्ड हटाउने देखि कलर लगाउने सम्मका योजना

ठमेल सुधारको काम : तार र साइनबोर्ड हटाउने देखि कलर लगाउने सम्मका योजना

काठमाडौं, १४ पुस । काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित ठमेललाई व्यवस्थित बनाउने काम सुरु भएको छ। ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्ष्ति गरि ठमेललाई व्यवस्थित बनाउने काम सुरु भएको हो ।

जसअनुसार पहिलो चरणमा अव्यवस्थित रुपमा टाँगिएका तारहरु व्यवस्थित गर्ने काम सुरु भएको छ। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणाका अनुसार ठमेल केहि समयपछि खम्बारहित बन्नेछ । तारलाई भुमिगत गर्ने काम पकनाजोलबाट सुरु गरिएको छ।

तारकोे व्यवस्थापन पश्चात ठमेलमा रहेका साइनबोर्डहरुलाई निकालेर डिजिटल साइनबोर्ड राख्ने उनले जानकारी दिए । अहिले विभिन्न कम्पनीहरुले साइन बोर्ड झुन्डाएका छन् । एउटै घरमा दुई दर्जन वटा सम्म साइनबोर्ड राखिएको छ। यसले ठमेललाई थप कुरुप बनाएको उनले बताए ।

डिजिटल साइनबोर्ड राख्नाले पर्यटकलार्ई रातको समयमा हिड्न पनि सहज हुने उनको विश्वास छ । त्यसपश्चात ठमेल क्षेत्रमा विभिन्न प्रकारका रङहरुको कम्विनेसन मिलाई कलर गर्ने योजना रहेको उनले बताए ।

ठमेललाई नमुना सहर बनाउने परिषद्को योजना छ । व्यवसायीहरुका अनुसार नेपाल भ्रमणमा आएका ८० प्रतिशत पर्यटकले ठमेल भ्रमण गर्ने गर्छन । ७ सय व्यवसायी रहेको ठमेलमा पर्यटक लक्ष्ति होटलहरुको संख्या मात्रै करिब ४ सयको हाराहारीमा छ ।

ठमेललाई थप व्यवस्थित बनाउनुपर्नेमा स्थानीय व्यवसायीहरुले जोड दिएका छन् । शान्त, सभ्य ठमेल निर्माणले अन्तर्राष्ट्रिय जगतमै नेपालको पर्यटनबारे सकारात्मक सन्देश जाने उनीहरु बताउछन् ।

उसो त पर्यटकको सहजताका लागि भन्दै दुई वर्षअघि देखि नै ठमेललाई सवारीमुक्त घोषणा गरिएको छ । अत्यावश्यक बाहेक अन्य ठुला सवारी प्रवेशमा रोक लगाइएको छ। त्यसले पनि केही सहजता थपेको व्यवसायीको अनुभव छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x