Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

उखु किसानलाइ भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्न समितिको निर्देशन

उखु किसानलाइ भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्न समितिको निर्देशन

काठमाडौं, १५ पुस । उखु किसानलाई भुक्तानी नदिने मिललाई कारवाही गर्न प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले उखु किसानलाई तत्काल चिनी उद्योगीले भुक्तानी दिन आग्रह गरेको छ । समितिले किसानको पैसा नतिर्नेलाई राज्यको सबै संयन्त्र लगाएर कारबाही गर्न समेत निर्देशन दिएको छ ।

लामो समय देखि चिनी मितलले भुक्तानी नदिएको भन्दै उखु किसानहरु आन्दोलन गर्न काठमाडौं आएका थिए । उनीहरुले सोमवार संसदीय समितिमा उपस्थित भएर आफ्नो पीडा समेत सुनाएका थिए । बैठकमा कृषिमन्त्री घनश्याम भूषालले चिनी मिल सञ्चालसँग आफु पटक पटक सम्पर्क हुन चाहे पनि उनीहरु नचाहेको बताए । किसानलाइ अन्नपूर्णले ५० र महालक्ष्मीले २१ करोड रुपैयाँ भुक्तानी गर्नुपर्छ । अहिले सर्लाहीबाट झन्डै २०० किसान उखुको भुक्तानी माग्न काठमाडौ आएर निरन्तर धर्ना र आन्दोलनमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x