Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

भ्रमण बर्षको तयारी पूरा

भ्रमण बर्षको तयारी पूरा

काठमाडौं, १५ पुस । भोलि देखि (सन् २०२० जनवरी १ तारिख) देखि औपचारिक शुभारम्भ गरिने भनिएको नेपाल भ्रमण वर्ष २०२० को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल भ्रमण वर्ष सचिवालयले भ्रमण वर्षको दशरथ रङ्गशालामा उद्घाटन हुने भव्य समारोहको अन्तिम तयारी गरिएको जनाएको हो ।

सचिवालयका अनुसार नेपाल भ्रमण वर्षको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नेछिन् । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिने सचिवालयले जनाएको छ ।

प्रदेश नं १ मा विराटनगरको रङ्गशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ को चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन हँुदैछ । साथै जनवरी ७ तारिख विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने सचिवालयले जनाएको छ । विभिन्न सांस्कृतिक झाँकी र प्रदर्शनीसहित उद्घाटन समारोहलाई भव्य बनाइनेछ ।

भ्रमण बर्षको तयारी पुरा भएको पर्यटनमन्त्री योगेश भटट्राईले बताए । भ्रमण बर्षलाई सफल बनाउँन सबै सरोकार निकायलाई समेत उनले आग्रह गरे । मन्त्री भटट्राईले सन् २०२० मात्रै नभई यो दशकलाई नै भ्रमण बर्षको रुपमा मनाईने समेत बताए । त्यस्तै पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई सङ्ख्यात्मक मात्र नभई गुणात्मक हिसाबले पनि अगाडि बढ्नुपर्छ र साथै पूर्वाधारलाई अघि बढाउनुपर्छ भनेर भ्रमण वर्ष मनाइरहेको स्पष्ट गरे । उनका अनुसार अपरान्ह ४ बजे शुरु हुने उद्घाटन समारोहमा दिउँसो ३ बजेभित्रै प्रमुख अतिथि र विशिष्ट पाहुनाबाहेक सबै रङ्गशाला छिरिसक्नुपर्नेछ । ठीक ४ बजे राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको उपस्थिति हुनेछ । समारोहमा मुख्य राजनीतिक दलका शीर्षस्त नेता तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता सहभागी हुनेछन्।

विभिन्न सङ्गीत ब्याण्ड तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहनेछ । नेपालको संस्कृति, सम्पदा, वेषभूषा र रहनसहनलाई प्राथमिकता राखेर उद्घाटन समारोहलाई भव्य बनाउने तयारी गरिएको संयोजक वैद्यले बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x