मुक्तिनाथ विकास बैंक र टेस्ला डाइग्नोस्टिक क्लिनिकले स्वास्थ्य सेवामा सहकार्य गर्ने

काठमाडौं, १४ पुस । मुक्तिनाथ विकास बैंक र टेस्ला डाइग्नोस्टिक क्लिनिकबीच बैंकका ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ।

क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ र बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गबीच सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अव बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले टेस्ला डाइग्नोस्टिक क्लिनिक, वालुवाटारमा उपचार गराउँदा तोकिएको शुल्कमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *