सेयर बजार बढेसँगै कारोबारमा पनि सुधार

काठमाडौं, १४ पुस । साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा सुधार आएको छ। आज बजार ५.५३ अंकले बढेर परिसूचक ११६७.८५ विन्दुमा उक्लिएको छ।

आज बैंकिङ, फाइनान्स, विकास बैंक र हाइड्रोपावर समूहमा गिरावट आए पनि अन्य सबै समूहमा सुधार देखिएको छ।

बजार बढेको दिन १ सय ७७ कम्पनीको ६२ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै अर्थात १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ। त्यस्तै, शिवम् सिमेन्टको पनि ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

हिजो ४२ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको थियो ।

आज सबैभन्दा धेरै कमाउनेमा पनि शिवम् सिमेन्टका लगानीकर्ताहरु छन् । सो कम्पनीको सेयर मूल्य ५.६७ प्रतिशतले बढेको छ । गुमाउने कम्पनीहरुको अग्रस्थानमा भने माउन्टेन हाइड्रो नेपाल रहेको छ । सो कम्पनीको सेयर मूल्य ५.५५ प्रतिशतले घटेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *