बोनस पछि कन्काई विकास बैंकको मुल्य समायोजन
काठमाडौं, २ माघ । बोनस शेयर प्रयोजनका लागि कन्काई विकास बैंकको शेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको शेयर १५६ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेका अनुसार बैंकको आधार शेयर मुल्य २२८ रुपैयाँ रहेको छ । बैंकले शेयरधनीहरुलाई ६.१५७११३ प्रतिशत बोनस शेयर दिने भएको छ ।
बैंकले बोनस शेयर वितरणको लागि माघ २ देखी १६ गतेसम्मका लागि शेयर दर्ता किताव बन्द गरेको छ । बैंकले माघ १६ गते वार्षिक साधारण सभा बोलाएको छ ।