Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

२० लाख पर्यटक बोक्न पर्यटकीय सवारीकै अभाव

२० लाख पर्यटक बोक्न पर्यटकीय सवारीकै अभाव

बलराम बुढाथोकी

काठमाडौं, २१ पुस । गत जनवरी १ बाट ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भइसकेको छ । भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, लक्ष्य अनुसार पर्यटक आए उनीहरुलाई घुमाउन पर्यटन व्यवसायीहरुसँग प्रयाप्त मात्रामा सवारीसाधन नै छैन् ।

लक्ष्य अनुसार पर्यटक आए अहिले पर्यटन व्यवसायीहरुसँग भएका पर्यटकीय सवारीसाधनले नपुग्ने नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्माले बताए । अहिले यातायात व्यवस्था विभागमा विभिन्न ट्राभल कम्पनी, पर्यटन व्यवसायी, होटलका साना र ठूला गरी ३ हजार २ सय १५ वटा पर्यटकीय सवारीसाधन दर्ता भएका छन् । यी सवारीसाधन काठमाडौं उपत्यकामा मात्र हुन् । जसमध्ये ३० प्रतिशत पुराना भएर ठाउँ परिवर्तन गरी बाहिरी जिल्लामा पठाइएको छ।

यही पुस १७ गतेको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका सम्पूर्ण पर्यटन व्यवसायीहरुसँग साना, ठूला गरी २ हजार २ सय ५० वटा पर्यटकीय सवारी छन् ।

त्यसमा पनि कार र हाईस जस्ता कम सिट क्षमता भएका सवारीसाधन बढी छन् । ३५ देखि ४० सिट क्षमताका पर्यटकीय सवारीसाधन कम छन् । बढी सिट संख्या भएका पर्यटकीय सवारीसाधनमा पनि सिट क्षमता अनुसार नै पर्यटक नबस्ने अध्यक्ष शर्मा बताउँछन् । उनले भने –‘हामीसँग २ हजार २ सय ५० वटा पर्यटकीय सवारीसाधन छन् । सरकारको लक्ष्य अनुसार यी सावारीसाधनले दैनिक ६ देखि ७ हजारसम्मलाई सेवा दिनु पर्ने हुन्छ ।’

२० लाख पर्यटकलाई सेवा दिन ठूला, साना गरी थप एक हजार पर्यटकीय सवारीसाधन आवश्यक रहेको अध्यक्ष शर्माले बताए । ‘नेपालमा बाह्रै महिना पर्यटक एकै रेसियोमा आउँदैनन् ।’ शर्मा भन्छन् । ‘सरकारी लक्ष्य पुरा गर्न मुख्य पर्यटकीय सिजनमा पर्यटक उलेख्य मात्रामा आउनु पर्ने हुन्छ । त्यसो भएमा हाल पर्यटन व्यवसायीहरुसँग भएका पर्यटकीय सवारीसाधनले धान्नै सक्दैनन् ।’

पर्यटक आगमनलाई मध्यनजर गर्दै सवारी थप्ने योजनामा आफुहरु रहेको उनले जानकारी दिए ।शर्माले सरकारले भ्रमण वर्ष घोषणा गरे पनि सडक सुधारमा पर्याप्त काम नगरेको गुनासो गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x