एनएमबि बैंकले ३५ प्रतिशत लाभांश दिने
काठमाडौं, २४ पुस । एनएमबि बैंकले ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको ललितपुरमा आज सम्पन्न २४ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १४ प्रतिशत नगद लाभांश र २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनश सेयर वितरणप्रश्चात् बैंकको चुक्ता पूँजी १३ अर्व ९५ करोड ७ लाख रुपैयाँ पुग्ने छ ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्न वा मर्जर प्रकृया अगाडि बढाउँने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरेको छ । बैंकले चालु आवको असोज महिनासम्ममा ८१ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
हाल बैंकले एक सय ६३ वटा शाखा कार्यालयमार्फत् सेवा दिँदै आएको छ ।